अनुसन्धानमूलक लेख, रचना उपलब्ध गराई दिनु

Published on April 16, 2025


मिति ः २०८२÷०१÷०३ गते
श्री सम्पूर्ण प्राध्यापकहरु
सदस्य सामुदायिक क्याम्पस सबै

विषय ः अनुसन्धानमूलक लेख, रचना उपलब्ध गराई दिनु हुन ।

नेपाल पब्लिक क्याम्पस सङ्घ, केन्द्रीय कार्यसम्पादन समितिको मितिः २०८१÷१२÷२२ गते बसेको बैठकले यस सङ्घका सदस्य क्याम्पसहरुमा कार्यरत प्राध्यापकहरुको अनुसन्धान क्षमता अभिवृद्धिका लागि म्इक्ष् प्राप्त ूद्यष्लिम एभभच( च्भखष्भधभम च्भकभबचअज व्यगचलब ि( ल्एऋब् व्यगचलबूि नामक जर्नल प्रकाशन गर्न लागेको यहाँहरुलाई जानकारी गराउन पाउँदा खुसी लागेको छ । ल्भउवय िमा आवद्ध हुने सो जर्नल प्रकाशनका लागि बानेश्वर बहुमुखी क्याम्पस, बानेश्वरका क्याम्पस प्रमुख तथा यस सङ्घका सल्लाहकार डा.घमानसिंह खड्काको संयोजकत्वमा ५ सदस्य विज्ञ प्राज्ञिक सम्पादक मण्डल समेत गठन गरिएको छ । 
आगामी असार २५ गतेभित्र जर्नल प्रकाशन गर्ने गरी कार्य अगाडि बढिरहेकोले सामुदायिक क्याम्पसको विविध समस्या, सम्भावना र दिशानिर्देश हुने लेख, रचनाका लेखकलाई रु.५००० (अक्षेरुपी रु.पाँच हजार मात्र) प्रति लेख वापत उपलब्ध गराउने समेत निर्णय भएकोले सो सम्पादक मण्डलका पदाधिकारी तथा सदस्यहरुसँग समन्वय गरी वा लेख रचना यस सङ्घको इमेल लउअबवबmब२िनmबष्।िअयm मा सिधै पठाउनु हुन समेत अनुरोध छ । लेख, रचना न्यूनतम ३५०० देखि ५००० शब्द सम्ममा नबढाई यही जेष्ठको २०८२÷०२÷२५ गतेभित्र पठाई सक्नु पर्नेछ । विशेष जानकारी तथा मापदण्डका लागि यस सङ्घका वेभसाइट धधध।लउअब।भमग।लउ को च्भकभबचअज ७ एगदष्अिबतष्यल मा गई हेर्नु हुन समेत अनुरोध छ ।
.......................
शत्रुघ्नप्रसाद गुप्ता
अध्यक्ष