Published on April 17, 2025
मिति ः २०८२ वैशाख ४
विषय ः ऐक्यबद्धता सम्बन्धमा
पेशागत हकहित, सेवा शर्त र सुविधाको कानुनी प्रत्याभूतिका लागि देशभरि शिक्षाको अवसर पु¥याउँदै आएका सामुदायिक विद्यालयहरूको साझा संस्था नेपाल शिक्षक महासङ्घको आह्वानमा देशभरिका सामुदायिक विद्यालयका शिक्षकहरू अनवरत रूपले विगत १५ दिनदेखि सडक आन्दोलनमा रहेको परिस्थितिप्रति यो सङ्घको गम्भीर ध्यानाकर्षण भएको छ । विद्यालय शिक्षा नै उच्च शिक्षाको आधारशीला भएको कारणले शिक्षकहरूको आन्दोलनले देशको समग्र शिक्षा प्रत्यक्ष रूपमा प्रभावित बन्ने सङ्केत देखिएको छ । यो शिक्षा क्षेत्रमा संलग्न सबैका लागि चिन्ता र चासोको विषय भएको छ । शिक्षकहरूको यस आन्दोलनले तत्काल हुन लागेको कक्षा १२ को परीक्षा तथा एसईईको पर्ीक्षाफलमा समेत गम्भीर असर पुगेको छ । यो आन्दोलनले तत्काल र सहज निकास नपाए नेपालको उच्च शिक्षा तथा समग्र शैक्षिक प्रणालीसमेत धराशायी बन्ने निश्चित छ । तसर्थ आन्दोलनरत शिक्षकहरूले उठाएका जायज मागसहितको शान्तिपूर्ण आन्दोलनप्रति देशभरिका करिव ६०० सामुदायिक क्याम्पसहरूको छाता सङ्गठन नेपाल पब्लिक क्याम्पस सङ्घ गम्भीर चिन्ता व्यक्त गर्दै हार्दिक ऐक्यबद्धता प्रकट गर्दछ । वि.सं. २०२८ सालको शिक्षा ऐनले वर्तमानका विषयवस्तुलाई सम्बोधन गर्न नसक्ने कुरा घाम जतिकै छर्लङ्ग छ । विगतमा सरकारले आन्दोलनरत महासङ्घसँग सहमति गरेका विषयहरू वर्तमान सरकारले अविलम्ब पूरा गर्नुपर्ने सङ्घको ठहर रहेको छ । शैक्षिक क्षेत्रलाई तहसनहस गर्ने प्रपञ्च र जालझेल भएमा यो सङ्घ पनि शिक्षक महासङ्घसँगै आन्दोलनमा होमिने वातावरण सिर्जना नगर्न÷नगराउन सम्बन्धित सबैमा अनुरोध छ ।
गोविन्दबहादुर कार्की शत्रुघ्नप्रसाद गुप्ता
महासचिव अध्यक्ष
९८५१०६७७७५ ९८५११५२१४८